गजल


विदेशमा नेपाल सम्झी कठै बरा टोलाउन्छ रे ।
 चर्को गाली थप्पर खादा आमा भन्दै बोलाउन्छ रे।

 दु:ख पाए नेपाल पुराउ भन्दै बिलाउना गर्छ रे,
हात जोडी रुदै रुदै नाम ठेगाना खुलाउन्छ रे ।

 12 घन्टा तातो घाम , धुलो सङ्ग लड्छ रे,
आफ्नो तलव माग्दा, भोलि भन्दै झुलाउन्छ रे ।

 हाम्रो देश नेपाललाई नाना थरी गाली गर्छ र,
 मान्छे भेला पारी पारी नेपाललाई गिलाउन्छ रे।

 इज्जत छैन नेपालको देश टुक्राटुक्रा पर्दै छ रे,
नेपाल जस्तै टुक्रइ दिन्छु भन्दै उ चिलाउन्छ रे ।

 विदेशमा नेपाल सम्झी कठै बरा टोलाउन्छ रे,
चर्को गाली थप्पर खादा आमा भन्दै बोलाउन्छ रे ।

 प्रो, कृष्ण बहदुर सर्तुङ्गे, गुल्मी, नेपाल।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

1 comments:

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !