सप्तरीको शम्भुनाथ नपा वडा न.१२ काँग्रेसका अध्यक्ष बलात्कार लक्ष्मी साहलाइ रिहाई गर्न माग

सप्तरी, २७ मंसिर । स्थानीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाई माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदर्शन गरेको छ ।
कांग्रेस जिल्ला कमिटी सप्तरीले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का बासिन्दाहरुको सक्रियतामा नेपाली कांग्रेस सप्तरीले प्रद र्शन गरेको हो । पार्टी कार्यालयबाट निस्कएको जुलुसले वडाध्यक्ष साहलाई रिहा भन्ने नारा लगाउँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।गत मंसिर १३ गते आफ्नै वडाकि महिलालाई कुखुरा र्फममा बोलाई जर्ब जस्ती बलात्कारको प्रयास गरेको आरो पमा वडाध्यक्ष साह मंसिर २४ गते पक्रा उ परेका थिए । साहसँगै मोहम्मद नसिम र अनिल रायलाई पनि प्रहरीले पक्रा उ गरिएको छ । जुलुसपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई रिहाइ माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ । पीडित महिलाको उजु रीको आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी कृष्ण प्रसाइले बताउनुभयो ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !