बिजयादशमीको अवसर पारेर साउदीको रियादमा
दशैं बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । सगरमाथा समूह साउदी
अरबको आयोजनामा रियादको एक्जीट एटीन स्थित सुलाईमा दशैं शुभकामना
आदानप्रदान तथा दशैं बिशेष साँस्कृतिक कार्यक्रम भएको हो ।
सृजना साँस्कृतिक समूह र मिथीला एकता समाजको बिशेष प्रस्तुतीले कार्यक्रमलाई थप रोमाञ्चीत बनाएको थियो ।
दशैं
जस्तो पर्वमा प्रवासमै रहेर पनि नेपाली लोक संस्कृती झल्कने खालका
सांगितीक प्रस्तुतीलाई नजिक बाट नियाल्न पाउदा दर्शकहरु थप उत्साहीत भएका
थिए ।
सो अवसरममा शुभकामना मन्तब्य दिदै साउदीका लागी कार्यबाहक राजदुत आनन्द प्रसाद शर्माले यस्ता खालका सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुमा भावनात्मक एकता बढाउनुका साथै नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पूग्ने धारणा ब्यक्त गरे ।
कार्यक्रम समूहका संयोजक परशुराम मिश्रको अध्यक्षता सुनिल गुप्ताको स्वागत तथा निर बहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !