गजल । खगेन्द्र अधिकारी अमृत सूर्खेत

२०७१ साल कार्तिक २० गते खगेन्द्र अधिकारी अमृतकाे ममतामयी माताको दुखद निधनकाेमा हामी पनि दुखी छाै। र उहांले यस्ता  सिर्जना गरेका शोक गजलहरुको संग्रह सन्तापका आँसु" । यो सङ्ग्रह उहांले अफ्नाे आमा प्रति समर्पण गर्नु भएकाे यस्ताे छ ।यसै संग्रह भित्रबाट एउटा गजल उहांका

गजल
खै कसरी तिरौं दूधको, भारा हजुरलाई
खोज्दैथे सुम्पिन संसार, सारा हजुरलाई
गर्भबास बसेपछि सुरू गरे दुःख दिन
प्रश्रव पीडामा देखाए, तारा हजुरलाई
बज्रप्रहार भयो आज, दैवसगै दशा लाग्यो
घुमाउन मन थियो, फेवा रारा हजुरलाई
माफ पाउ जननी, ज्ञातअज्ञात गल्तीहरू
देखाए कि कतै कुपुत्र झैँ, पारा हजुरलाई
रित्तो भए, टुहुरो भए, छाडी जानु भयो
श्रद्धासुमन अञ्जुलीका, धारा हजुरलाई |

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !