गजल

बाबुलाल बुढा "ढाङ्ढुङे"
बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब
हाल :साउदी अरब

गजल
सजिलै आत्ने काम कहाँ हुन्छ र प्रदेशमा।
फोकतमा लिने दाम कहाँ हुन्छ र प्रदेशमा।
जोतिनु पर्छ बाह्रै घन्टा हजुर गोरु जोते झै,
एकछिनलाइ आराम कहाँ हुन्छ र प्रदेशमा।
यी हातले बन्छन गगन चुम्बी महलहरु तर,
त्यहा मज्दुरको नाम कहाँ हुन्छ र प्रदेशमा।
संगाल्नु पर्छ थोपा थोपा पसिनाले त्यो धन,
आनन्दले मीठो खाम कहाँ हुन्छ र प्रदेशमा।
चौबिसै घन्टा हुन्छ्न झिली मिलि शहरहरु,
घरमा झै सुभ र साम कहाँ हुन्छ र प्रदेशमा।
              
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !