"संस्मरण अनुभुती " सम्झनाहरु वी. ने. साहित्य महासंघ साउदी उपाध्यक्ष बाबुलाल बुढा मगर


२०७२ भाद्र ८ गते २०७१ -७२सालको अबिस्मरणिय सम्झनाहरु 
                                       बाबुलाल बुढा मगर राेल्पा

                  जुन १७ तारीखमा तीन बर्षको मेरो समय अबधी सकेर २ महिनाको लागि छुट्टीमा घर जाने पक्का भइ सकेको थियो। कम्पनीले हवाइ टिकट हातमा ठमाइ सकेको थियो ।
घर जाने कुराले एकातिर मनमा निकै उत्सुकताले छाइरहेको थियो ।भने अर्को तिर मनमा निकै खुल्दुलीले च्यापी रहेको थियो ।गोजीमा भनेजस्तो पैसा छैन कम्पनीले दिने बेनिफिट कति पो आउला र पैसा जम्मै महिना महिनामा पठाउने हुन्छ ।
घर गए पछि स्त मित्र साथी भाइ आउलान दिदी बहिनी आउलान चेली बैनी धेरै पो छन त मेरो त के के लागि दिने होला । उसैमा चन्दा सहयोग माग्नेहरु धेरै आउलान । बुवाआमालाई के दिने होला बुढीले सुनको सिक्री लगाउने निकै रहर गर्छिन ।
के पैसाले किनि दिने होला । जाने दिन छोटिएर आउदैछ ।जसरी घरबाट रित्तो झोला बोकेर बिदेश पसिन्छ । त्यसरी खाली हात रित्तो झोला संग घर फर्किनु कसरी   रात भर कोल्टो फेर्दा फेर्दै कतिखेर बिहानी खुली सक्दो रहेछ ।

भोक ,प्यास , निद्रा नै लाग्न छोड्यो । हुन त म २ साल पहिले जाने निधो गरेको थिए ।तर यसै साल घर बनाएको ऋण लागेको थियो ।अनि अर्को कुरा जेठा छोरा भिमको एस.एल.सि .को जाँच पनि यसै साल हुने हुदा मैले २ बर्षे छुट्टी क्यान्सेल गरेर ३ सालमा जाने भनेर कम्पनी बाट छुट्टीको र हवाइ टिकटको पैसा लिइसकेको थिए ।
मलाइ निकै बिस्वास थियो । छोराको किन भने सानो नर्सरी यु.के.जि. देखि नै कहिले कलास टप कहिले स्कुल टप हुँदै आइरहेको थियो ।जस अनुरुप ३ कक्षा बाट ५ कक्षामा भर्ना गरे ५ कक्षामा पनि फस्ट आयो अनि ७ कक्षामा भर्ना गरे ७ बाट पनि फस्ट नै हुँदै आइरहेको थियो ।स्कुलको सबभन्दा अनुशासन अनि जेहन्दार विद्यार्थी नै मेरो छोरा रहेछ ।
सबै शिक्षकहरुको प्रशंसाको पात्र बनेको रहेछ ।यसपालीको परिक्षामा स्टार आबासिय इङलिस बोर्डिङ स्कुलको रेकर्ड नै भिमले राख्छ ।भन्ने पहिले नै बिस्वास राखेका रहेछन ।त्यसैले रिजल्ट हुनु भन्दा पहिले नै सरहरुले भोजको आयोजना गरेका रहेछन ।
मलाइ पनि छोराले पटक पटक फोनमा भन्ने गर्दथ्यो । बुवा नेपाली बाहेक अरु सबै बिषयमा ट्यालेन्ट नै छु ।आशा छ ९०% देखि माथि नै आउँछ होला ।भन्दा मलाई मनमा अर्कै  महसुस भइ सकेको थियो ।
छोराको यस्तो खबरले मन प्रफुल्ल त्यसै थियो ।खास गरेर छोराको रिजल्ट हेर्न कै लागि खराब मौसममा पनि  छुट्टी मिलाएर जाँदै थिए ।जानू भन्दा ठिक
३ दिन अघि कम्पनीले सबै हिसाब ठिक्क  पारी दियो ।पासपोर्ट पनि हातमा ठमाइ दियो ।
  मैलेसोचेको जति केही पनि सामान किनेन बुढीलाई मात्र सिक्री बनाउन सुन किनिदिए बाकी सबै नेपाल मै किन्नु पर्ला  । यहाँ त महङ्गो पर्छ ।सबै उतै किनौला भनेर बुढी संग फोनमा सल्लाह भयो ।
त्यसै अनुरुप सानो अटेजी र एउता  हेन्ड ब्याक किने ।अनि जुन १७मा साउदी अरब बाट फ्लाइ दुबै हुँदै नेपाल प्रस्थान गरे । बिचमा मन कस्तो कस्तो हुन्थ्यो मौसमको खराबिले कतै प्लेन हल्लिदा आङ जिरिङ जिरिङ हुन्थ्यो ।
कहिले तल  कहिले माथि हुन्थ्यो । हुन त मेरो लागि प्लेन चढ्ने सामान्य भइ सकेको थियो । यो भन्दा पहिले मैले ईन्डिया , मलेसिया ,सिङगापुर ,थाइल्यान्ड   जस्ता देशहरु घुमीसकेको थिए । तर पनि माथि आकाश बाट तल जमीनतिर हेर्दा मन नडराउने कुरै थिएन । बिचमा थुप्रै कल्पनाहरु आइ रहन्थे सकुशल पुग्न पाए कति खुशी हुन्थ्यो होला ।
घरमा कति खुशीका साथ पर्खिरहेका होलान हे भगवान्  मेरो खुशी न क्षिन है ! बिच बिचमा यस्ता वाक्यहरु मनभित्र बाट आफ सि आफ निक्लिन्थ्यो ।साँझ ८:३० मा ल्यान्ड हुने प्लेन ल्यान्ड हुन नै सकेन ३ चोटि सम्म बस्न सकेन हामी सबै डरले थुर थुर भइ सकेका थियौ
अन्तिममा बल्ल बल्ल १०:३० बजे तिर ल्यान्ड हुन सफल भयो । सबैले पाइलटलाई धन्यवाद दियौ ।करिब एक घन्टा भित्र
सबै चेकजाँच सकेर बाहिर निस्के । कुरेली गेस्ट हाउस बाट ड्राइभर मलाइ लिन जानू भाको रहेछ ।सामान गाडीमा राखेर गेस्ट हाउस तिर लाग्यौ ।डर त कहाँ सकिएको थियो र ?
महाभुकम्पले गर्दा काठमाडौंको तहस नहस भएका घरहरु हेर्दा मन त्यसै थाम्न सकिँदैन थियो ।कुरेली गेस्ट हाउस पनि भुकम्पले गर्दा मर्मत गर्नु पर्ने भएकोले त्यँहा कोहि पाहुनाहरु नबस्दा रहेछन ।मलाइ पनि अर्कै गेस्ट  हाउसमा बसाले । आजको रात कसरी कात्ने होला मनमनै सोचिरहन्थे ।
के के कुरा गर्दा रातको  १ बजि सकेछ ।मलाइ एटेज बाथ रुमको कोठा देखाइ दिए ।त्यो रात म सुतेन कतिखेर घर पुग्ने होला छोराहरु कत्रा भाका होलान आमाबुबा कस्तो भाका होलान अनि बुढी कस्ति भाकी होलिन मोती या डुब्ली मनमा कुरा खेलाएरै बसे ।नुहाउन गए टिभी हेर्दै बिहान ५ बजेछ ।
झोला सबै काउन्टरमा लगेर हिसाब गरि दाङ तिर लागे । करिब १० घन्टा जति यात्रा पश्चात् घोराही पुगियो ।एक्दमै फेरिएको रहेछ ।नेपालको पहिलो नगरपालीका भयो रे ।भन्ने सुनेको त थिए तर  साच्चि नै रहेछ । अलमल परे आफ्नो घर पनि चिन्नै धौ भयो । फोटो त हेरेको थिए ।तर पनि एकचोटी त अलमल परे ।घरको पछाडी माइक्रो बस रोक्यौ ।
त्यहा सबै भेला भएर मलाई पर्खिरहेका थिए ।भान्जी  भतिजा ,बुहारी , भाउजू , अनि छोराहरु सबै खुशीको मुद्रामा थिए ।सबैको अनुहारमा मुस्कानको वर्षा थियो ।पहिलो छुट्टीमा भान्जीको बिहे गरेर छोडेको अहिले त छोरी पनि हिड्ने पो भाकी रहेछ ।त्यो भिडमा नियालेर हेरे । बुढी भने आएकी थिएन । लाजले हो कि फुर्सद नभएर हो । घर भित्र नै सरसामान मिलाउदै रहेछिन ।भिम म भन्दा पनि अग्लो भई सकेको रहेछ ।
साथमा नरेन्द्र भतिज रेग बहादुर भतिज अनि साढु दाई  पनि छुट्टीमा गएका हुनाले सबै संग धेरै साल पछि भेत भयो ।साझ घर भरिभराउ भएको थियो ।सबैले आ आफ्नो मनका दुख सुख कुरा गर्यौ ।
भोलि पल्ट मगरहरुको ऐतिहासिक पर्व भुमे मेलाको अन्तिम दिन भइ सकेको थियो ।अनि हामी  पनि ऐतिहासिक नाच हेर्न जाने कुरा भयो ।सबैले मगर ड्रेस लाउदा रहेछ्न आफ्नो त केही थिएन । मगर युनिटीको भेस्टहरु खोज्यौ सबै सकि सकेको रहेछ ।" सिमाबारी सिमापारी" संयुक्त गजल संग्रहका भाई केशव पुन र सर्मिला रोका बैनी लाई भेट्ने कोशिश गरे ।
तर उहाहरु आउनु भाको रहेनछ ।संगीत रोका बैनी संग भेत भयो । चिन्न पनि गाह्रो भयो बल्ल बल्ल चिने अन्य कसैलाइ चिन्न सकेन । उनीहरु बिजि होलान भनेर पछि भेट्ने बाचा राख्दै एक दुई शब्द बोलेर हामी फर्की हाल्यौ । भिडमा गयौ  तर आफैलाइ लाज लागेर आयो ।अनि केही बेर हेर्यौ । मैले भिडियो खिचे अनि फर्केर घर आएर निकै पछुतो लाग्यो ।अर्को चोटि त पक्कै पनि आबश्यक पर्ने सबै ड्रेस तयार गर्छु ।मनमनै सोचे ।
असारको पहिलो हप्तामा नै भिमको रिजल्ट आउने थियो हामी त्यसैको प्रतीक्षामा थियौ । रमन र मेरो बाल्यकाल देखिको साथी थियौ । उसको छोरी मेरो भतिजी प्रतिभाको पनि रिजल्ट हेर्न बाकी नै थियो ।रमन ब्रोले मलाइ सबै हेरफेर गर्ने जिम्मा दिनु भाको थियो ।हाम्रो छोरा छोरी हुन बराबर हेर्नू पर्छ । त्यो दिन निकै खुशीको दिन थियो बिहान देखि नै कतिखेर आउला कतिखेर आउला भन्दै बसेको थियौ ।
दिउँसो  १:०० बजे तिर रिजल्ट निस्क्यो भिमको डिस्टेन्सनमा ८६.७५% आको रहेछ ।"छोराछोरीको सफलतामा खुशी नहुने कुन चाहिँ बाबुआमा होलान र हामी त्यसै पनि  खुशी थियौ अझ खुशी भयौ" । उसलाइ पिरले पोल्न थालेछ कम आयो । भनेर तर हामी सबै खुशी भयौ ।किन भने डिस्टेन्सन आउनु पनि सानो कुरा होइन कति विद्यार्थी फेल भएका छन कतिलाइ पुरक लागेको छ ।
यो त राम्रो कुरा हो बल्ल बल्ल पो जिन्दगीको धोका खोल्दैछौ बाबू टेन्सन लिनु पर्दैन भाग्यको र गन्तव्यको बाटो त अब पो खुल्दैछ त
फलामे ढोका खोली सकेका छौ ।अब चांदी ,सुन अनि हिराका ढोका खोल्न अझै बाकी छ ।छोरा
भनेर सम्झाए ।स्कुलमा शतप्रतिशत विद्यार्थी पास हुने पनि भिमको हात नै रहेछ ।शिक्षक लगयत सबैले बधाई दिन थाले ।कोहि भेटेर कोहि फोनमा धेरै दिन सम्म त शुभकामना र बधाइका ओइरोहरु आइरहयो । हामी सबै खुशी भयौ ।
प्रतिभा नानुले पनि सेकेन्ड डिभिजन बाट पास गरेछ ।पार्टी दह्रो चल्यो त्यो रात भर ।अर्को दिन दुई भाइना लाई सान्त्वनाको लागि भए पनि फुलमाला अबिरले स्वागत गर्यौ । छोराछोरीलाई त्यस्तो दिनु पर्ने ठूलो सरप्राइज त केही थिएन ।उनी दुबैको  रिजल्ट सुनेर मन खुशी भयौ ।
घोराहीमा एक हप्ताको बसाइ पछि भिम र म एकदिनको बाटो कातेर पुर्ख्यौली घर कुरेली उपवाङमा पुग्यौं ।बुवाआमा अनि दिदी  पर्खेर बसिरहनु भाको थियो धोग भेट भयो । बर्षौ पछि प्रदेशबाट सकुशल फर्कदा कति खुशी हुनु भयो ।तर समय छोटो थियो ।सबै दुख सुख मनका कुरा ठोरै दिनको भए पनि सातासात गर्यौ ।
असारको १८गते भिमको कक्षा ११को लागि इन्ट्रान्स दिने  भएकोले छिट्टै फर्किने कुरा थियो ।छोटो अबधिमै गाउँमा धेरै संग भेट भयो ।आमा समूह बाट हामीलाइ स्वागत भयो ।अनि संघ संस्था सबै संग भेटघाट गरियो ।सबैले हामी बाबू छोराको प्रशंसा गर्न थाले ।५,६ दिनको छोटो बसाइ पछि हामी दाङ तिर फर्क्यौ ।र १८ गतेको बिज्ञान बिषयको लागि "गोर्खा इन्टरनेशनल पब्लिक सकुल"मा  भिमलाई  इन्ट्रान्स दिन पठाए ।
२०० जनाको कोटाको लागि करिब ७००,जति विद्यार्थीहरुले फारम भरेका रहेछ्न । यो साल काठमाडौंको माहोल ठिक नभएकोले सबै स्कुल टपर विद्यार्थीहरु त्यही स्कुलमा आएका रहेछ्न ।मैले स्कुल ब्याबस्थापक अनि प्रीन्सिपल सरहरु संग पनि चर्चा गरेको थिए ।भिमको बारे उहाँहरुले पनि निकै प्रशंसा गर्नु भयो । स्कुलको ब्याबस्थापन देखि लिएर स्कुलको प्रसासन सम्बन्धि सबै जानकारी लिए सबै चित्त बुझ्यो ।
हुन त सिद्धार्थ एकेडेमी स्कुलबाट ११.र १२ मा पुरै निशुल्क पढाउछौं भनेर सरहरु मेरो घरमै जानू भाको थियो ।मैले त्यो स्कुल पनि निरिक्षण गरे त्यहाँको ल्याब परिक्षण सबै हेरे ।तर मैले गोर्खा स्कुल तिर नै पढाउने निधो गरे । अन्तमा गोर्खा स्कुलमा पनि  छोराले नि:शुल्क एड्मिसन र नि:शुल्क पढ्न पायो ।म निकै हर्षित भए ।
मेरा पनि कति पढ्ने चाहानाहरु थिए तर देशको बिकराल परिस्थिति समयले गर्दा पढ्ने सपनाहरु सबै चक्नाचुर भए ।मेरा कलिला बिचारहरु कति
रेटिए ।ती मेरा अधुरा सपनाहरु अब छोराले पूरा गर्नु पर्छ ।
"छोराले एक पछि अर्को सफलताको ढोकाबाट ढकढक्याउदै गइरहेको छ ।यसको लागि उचित बाताबरण मैले तय गरि दिनु पर्छ ।हामी बुवाआमाको कर्तव्य नै यहि हो "।मैले सक्दो गर्छु उसलाइ केही गर्ने वातावरण जसरी पनि मिलाउछु । म जस्तै अर्काको देशमा पसिना बगाउनु न परोस मनमनै सोचे ।
मेरो २ महिनाको छुट्टी पनि कहिले यता कहिले उता गर्दा गर्दै कति खेर सकिनै लागेछ । पत्तै भएन । बिदेश फर्केर जाने पट्क्कै रहर थिएन ।मेरो सानो परिवार अनि सुखी परिवार कसरी छोडेर जाने मनमा फेरि कुरा खेल्न थाल्यो फेरि मलाइ भोक निद्रा लाग्न छोड्यो ।हामी बुढा बुढी बिचमा निकै छलफल चल्यो ।अन्तिममा बल्ल एउटा संझौता भयो ।
दुई सालको लागि मात्र भए पनि म बिदेश फर्किनु पर्छ । छोराको पढाईको लागि पनि केही रकम जुटाउनु पर्छ ।भन्ने उद्देश्यले म फर्कने मन्जुर भए ।अगस्टको १५ मा मेरो उडान थियो ।तर ४.५दिन अघि बाट नेपाल बन्द हुन थाल्यो ।
हे बाsssss म त बिचल्लीमा पर्न थाले ।अगिल्लो पटक जेष्ठ १५मा पनि संविधानको लागि १०दिन चक्का जाममा परे अहिले पनि फेरि फसियो ।कम्पनी तिर फोन गरे ।ट्राभल्समा फोन गरे न टिकटको अबधी  सर्छ  न क्यान्सेल नै हुन्छ ।अन्तमा साँझ ७ बजेको नाइट बस खुल्यो ।त्यही मौका छोपी घरबाट राम्ररी बिदा नै नगरी बडो मुस्किलले काठमाडौ आइपुगे ।
काठमाडौमा २.३.दिनको बसाई पछि
अगस्टको १५.मा फेरि फ्लाइ दुबै हुँदै साउदी अरबको मरुभूमिमा आइ पुगे ।जे जस्तो भए पनि आफ्नो जन्मभुमी छोडी जादा कम्ता मन रुदो रहेछ र ?पटक्कै रहर नहुदा पनि बाध्यता कै बाबजुद म बिदेश फर्केर आउनु पर्यो ।
"मान्छेको जिन्दगी यस्तै रहेछ ।न आफू सुख संग हास्न खेल्न पाइयो न परिवार सुख आराम संग बसाल्न सकियो ।परिवार संग लामो अन्तराल पछि छोटो समयको भेट केबल सम्झनाको लायक मात्र भयो ऐनामा आफ्नो अनुहार हेरे जस्तो मात्रै भयो "
"मिलन ,हासो र खुशी भनेको त क्षणिकको मात्र रहेछ ।अन्तमा संगैको साथी त आँसु र दु:ख रहेछ "।
दुई दिनको मुस्कान बाडेर आए आज फेरि उहीँ कर्म थलोमा दु:खको जन्जिरले बेरिदैछु ।कतै मरुभूमिको बालुवाले डगेन भने  तातो समुद्रको तातो बाफले लगेन भने  जिन्दगी फेरि अर्को खुशीका कोशेलीहरु बोकेर पुनः सदाको लागि नेपाल फर्किने बाचा गरेको छु ।
र यसपालि भेट्न नसकेका साथीभाइ दिदी बहिनी सबैलाई  त्यतिखेर नै भेट्ने बाचा गर्दछु ।
अन्तमा २०७१ सालको एस.एल.सि. परिक्षामा  उतिर्ण अनुत्तीर्ण हुनुभएका जे जति भाइ बहिनी  परिक्षार्थीहरु हुनुहुन्छ सबैलाई मेरो
अग्रिम बधाई तथा उज्वल भबिस्यको  शुभकामना व्यक्त गर्दछु  ।।।।।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !