प्रकाशित पुस्तक "यात्रा मरुभूमिको"लोकार्पण तथा बिमोचन कार्यक्रम समापन गरियो ।


पुस्तक बिमोचन तथा लोकार्पण कार्यक्रम
सम्पन्न




यहि मिति २०७२ साल असोज ७गतेका दिन बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब द्वारा प्रकाशित पुस्तक "यात्रा मरुभूमिको"लोकार्पण तथा बिमोचन कार्यक्रम
समापन गरियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जनजाति महासंघ साउदी अरबका अध्यक्ष हुम सुनारी मगरको बिशेष उपस्थितिका साथ ,बिश्व नेपाली साहित्य महासंघका केन्द्रिय प्रतिनिधि तथा प्रमुख सल्लाहकार सुर्य बिक्रम याख्खा ,संघका निबर्तमान अध्यक्ष तथा सल्लाहकार कमल शाही ,चेत गुरुङ र भगत सिंह दोङको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सभापति बिश्व नेपाली साहित्य महासंघ शाखा साउदीका बर्तमान अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे मगर थिए । कार्यक्रम सन्चालन उपाध्यक्ष बाबुलाल बुढाले गरेका थिए ।र सचीव के.बि .पौडेलले स्वागत मन्तव्य दिएका थिए ।

प्रमुख अतिथि जनजाति महासंघका अध्यक्ष हुम सुनारी मगरले दिप प्रज्वलन सहित पुस्तकको लोकार्पण गरेका थिए ।

साथै नेपालको संबिधान २०७२ को स्वागत गर्दै देशमा शान्ति र सु ब्याबस्था कायम होस र अबका दिनमा नेपालीले बिदेशी भुमिमा यसरी पसिना बगाउनु न परोस आफ्नै देशमा रोजगारीको सृजना गरियोस ।अन्तमा विश्व नेपाली साहित्य महासंघ साखा साउदी अरब तथा "यात्रा मरुभूमिको"प्रति बधाई तथा उतर उतर प्रगतिको कामना गरे ।


र केन्द्रिय प्रतिनिधि सुर्य बिक्रम याख्खा बाट
हालै प्रकाशित पुस्तकको प्रशंसा गर्दै सम्पुर्ण साहित्य प्रेमी मनहरुलाई अबस्य पनि एकपटक
पढी दिन आग्रह गरे ।
पुस्तकको समिक्षा अनि महासंघका प्रगति र कार्यबारे निबर्तमान अध्यक्ष तथा सल्लाहकार कमल शाहीले गरेका थिए ।अहिले सम्मका कामहरुको प्रशंसा गर्दै अझ यसलाई शसक्त र व्यापक बनाउन समेत जोड दिए ।


अन्त्यमा कार्यक्रमको सभापति तथा बर्तमान अध्यक्षले कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,अतिथी,सल्लाहकार बुद्धिजीवी ,साहित्यकार ,साहित्यकर्मी तथा पत्रकार मित्रहरू साथै अतिथी सम्पादक खगेन्द्र अधिकारी "अमृत "ज्यु लाइ धेरै धेरै धन्यवादकाे साथ उहांले पनि तन मन लगाएर चाैविसै घण्टा अाफ्नाे कामलाइ थाति राखेर भरिपूर्ण सहयाेग गरेकाे बताउदै हालै उहाकाे चाैथाे कृति ''सन्तापका अांसु'' पुस्तककाे पनि चर्चा प्ररिचर्चा गर्दै उहाकाे पुस्तक बजारमा अाइसकेकाे जनकारी गराउनु भएकाे थियाे । यसै कार्यक्रममा बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब थप सदस्यमा रमेश अर्याल, प्रमुख सल्लाकार कमल शाहि निर्मल र सल्लाकार हुम सुनारी मगर ज्युलाइ खुसिका साथ यसै सस्थामा प्रवेश गराउदै

अाफ्नाे कविता वाचन संगै लेखन तथ पुस्तक प्रकाशन सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई एकमुष्ट रुपमा धन्यवाद दिदै हालै प्रकाशित पुस्तक "यात्रा मरुभूमिको "लोकार्पण कार्यक्रमको सभा बिसर्जन गर्नु भयो ।।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !