घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिललाई जनही २५ हजार सहित ४ जना पुरस्कृत




काठमाडौं । गत ३ कार्तिक २०७२ का दिन महाविनासकारी भूकम्प पीडितलाई उद्धार गर्नेहरु मध्ये शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरिएको छ । घले गैर आवासिय नेपाली संघका अध्यक्ष हुनुहुन्छ । सम्मान ग्रहण लगतै घलेले यो सम्मान आफ्नो लागि पहिलो र महत्वपूर्ण भएको साथै साहित्य महासङ्घ संग एनआरएनले पनि सहकार्य गर्ने इच्छा ब्यक्त गर्नुभयो । वहालाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले एक समारोह बीच काठमाडौंमा सम्मान प्रदान गरेको हो ।
महासङ्घले तत्कालै बहादुरीपूर्वक र विवेकपूर्वक भूकम्प पीडितको उद्धार कार्यमा संलग्न शसस्त्र प्रहरी हवल्दार कृष्णबहादुर बस्नेत, उपचारमा अहोरात्र संलग्न नर्सद्धय जसमाया जिरेल, शारदा श्रेष्ठ र भोलिन्टियर्स परिचालक तथा उद्धारकर्ता बब्रिमकुमार केसीलाई जनही नगद रु २५ हजार सहित सम्मानपत्र प्रदान गरयो ।
गत १२ बैशाक २०७२ का दिन गएको ७.८ रेक्टर स्केलको भूकम्प पीडितको उद्धारमा प्रभावकारिता थप्न साहित्य महासङ्घले तत्कालै सम्मान तथा नगद सहितको पुरस्कारको घोषणा गरेको थियो ।
केही महिना अघि सम्पन्न साहित्य महासङ्घको दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिताका विजयीहरुलाई पनि नगद सहित पुरस्कार प्रदान गरियो । प्रतियोगितामा प्रथमस्थान हासिल गर्न सफल शन्देश सुब्बालाई नगद २० हजार सहित प्रमाणपत्र प्रमुख अतिथि प्राडा. गोविन्दराज भट्टराईले हस्तान्तरण गर्नुभयो । त्यस्तै मैथिलि भाषाका उत्कृष्ट पुनम ठाकुरलाई रु ५ हजार र नेपालबाट प्रतिनिधि मूल्याङ्कनकर्ता ठाकुर वेलवासेलाई मूल्याङ्कन वापत रु ५ हजार प्रदान गरियो ।
समारोहमा रसिया शाखाका अध्यक्ष गोविन्द गौतम, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका प्रतिनिधि नितु खनाल, नेपाल शाखाका अध्यक्ष रमेश कडेलले मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथि डा. भट्टराईले महासङ्को कार्यको प्रसंसा गर्नुभयो र अतिथि द्धय साहित्यकार रमेश पौडेल र शुसिल पराजुलीले आफ्नो सिर्जना वाचन सहित मन्तब्य राख्नु भएको थियो ।
उपस्थित सबैलाई उपाध्यक्ष सागर श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष केदार सुनुवार संकेतले सहयोगि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको सभापतित्वमा सम्पन्न समारोहलाई सचिव खगेन्द्र अधिकारी अमृतले संचालन 
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !