बिश्व नेपाली साहित्य महा संघ साउदी अरबको बिषेश बेठक सम्पन्न

    आज मिति 2015/06/05 तारिखका दिन  अध्यक्ष श्री कृष्ण बहादुर सर्तुङ्गे मगरको अध्यक्षतामा र विशेष सल्लाहकार द्वय श्री कमल शाही र श्री सुर्य बिक्रम याख्खाको विशेष उपस्थितीमा बैठक बसि महत्वपूर्ण निर्णयहरु माथी छलफल गरियो ।
१.साउदी अरबबाट हालै प्रकाशन हुन लागिरहेको
"यात्रा मरुभूमिको"संग्रह लाई अन्तिम टुङ्गो लगाउने निर्णय गरियो ।
२ बिश्व नेपाली साहित्य महा संघ साउदी अरब द्वारा
खुल्ला कबिता प्रतियोगिता कार्यक्रम गर्ने निर्णय गरियो ।
बैठकमा सल्लाहकार एबं भु.पु .अध्यक्ष श्री कमल साही ज्यु बाट संस्थाको बिकास एबं साउदी अरबको समग्र स्थिती बारे थप जानकारी दिनु भाको थियो ।
श्री सुर्य बिक्रम याक्खा ज्यु बाट पत्रकारीता एबं साहित्य लेखन सम्बन्धि महत्त्वपूर्ण जानकारी गर्नु भएको थियो । यसैगरी उपाध्यक्ष बाबुलाल बुढा र कोषाध्यक्ष नान्दराम खड्का उहाँ बाट पनि आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । अब पुराना काम कार्यलाई निरन्तर दिदै नयाँ कामहरुको निर्माण गर्दै शसक्त र तीब्र रुपमा अगाडी बढ्ने अध्यक्षको जानकारी संगै बैठक स सम्पन्न भएको थियो ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !