"अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरको चौथो अधिबेशन तथा १५० औं मोती जयन्तिको अवसरमा 'खुल्ला गजल प्रतियोगिता - २०१५ । "


"अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरको चौथो अधिबेशन तथा १५० औं मोती जयन्तिको अवसरमा 'खुल्ला गजल प्रतियोगिता - २०१५ । "


       अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरको चौथो अधिबेशन-

कतारमा कार्यारत नेपाली साहित्यप्रेमी सर्जक, श्रष्टा, र पारखीहरुलाई अनेसास- कतारको चौथो अधिबेशन हुन गईरहेको जानकारी गराईन्छ । संस्थाको सदस्यता लिन इच्छुक मानुभावहरुलाई यही ४ सेप्टेम्बर २०१५ दोहा स्थित टपफर्म रेस्टुरेण्टमा साँझ ५ देखी ७ बजेसम्म समय अवधी रहेको जानकारी गराइन्छ ।
१५० औं मोती जयन्तिको अवसरमा 'खुल्ला गजल प्रतियोगिता-२०१५'
कतारमा स्थापित साहित्यिक संस्थाहरु अनेसास कतार च्याप्टर नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोर कतारको संयोजकत्वमा नेपाली गजलका पिता मोतिराम भट्ट को यहि १५० औं मोति जयन्तीको अबसरमा कतारमा रहनुभएका सम्पूर्ण गजलकारहरुलाई समेट्ने उदेश्यले मिति ११ सेप्टेम्बर २०१५ का दिन तपशिल बमोजिमको स्थान र समयमा गजल प्रतियोगिता गरिने निर्णय भएको हुँदा कतारमा कार्यरत सम्पूर्ण नेपाली गजलकार हरुलाई गजल प्रतियोगितामा भागलिन हुन हार्दिक आव्हान गर्दछौँ ।
प्रतियोगितमा भागलिनुहुने गजलकारहरुले मान्नुपर्ने नियमहरु :-
१ ) गजल कम्तिमा ४ शेर बढिमा ५ शेर हुनुपर्नेछ ।
२ ) गजल बाचन गर्न गजलकार स्वयं उपस्थित हुनुपर्नेछ ।
३ ) गजल दर्ता शुल्क क.री. २० लाग्नेछ ।
४ ) गजल कतै प्रकाशित नभएको कुनै देश जाती धर्म सस्कृती वा कुनै ब्यक्तिलाई आक्षेप नलाग्ने खालको हुनुपर्नेछ ।
५ )कतै प्रकाशित भएको अथवा अरु कसैको गजल लिएर बाचन गरीसकेपछी बिबाद आएमा गजलकार स्ययं जवाफदेही हुनुपर्नेछ ।
६ ) निर्णायक मण्डलको निर्णयनै अन्तिम निर्णय हुनेछ ।
७ ) गजल ७ सेप्टेम्बर सम्ममा पठाईसक्नु पर्नेछ ।
गजल पठाउनका लागि सम्पर्क गर्नुपर्ने ब्यक्तिहरु
क ) Sitaram Thapa - 66952479
ख ) निराजन प्रभात लुइँटेल - 55737525
( nirajan.luitel@gmail.com )
८ ) बिजेता पुरस्कारहरु यसप्रकार हुनेछन् :-
क) प्रथम - नगद ने.रु. १०,०००/- र प्रमाणपत्र
ख ) द्वितीय पुरस्कार :- नगद ने.रु. ७,००० /- र प्रमाणपत्र
ग ) तृतीय पुरस्कार :- नगद ने.रु. ५,००० /- र प्रमाणपत्र
घ ) सान्त्वना पुरस्कार :- नगद ने.रु. ३,००० /- र प्रमाणपत्र
कार्यक्रम हुने-
स्थान- टपफर्म रेष्टुरेण्ट दोहा नेपाली भान्साघर नजिक
मिति- ११ सेप्टेम्बर २०१५
समय- दिनको १ बजेदेखी ।
आयोजक संस्थाहरु -
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर ।
- नबोदित साहित्यीक वाचनालय कतार ।
- संध्याग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !