– कमलराज भट्ट
काठमाडौं, २४ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा सोमबार दिउँसो १ बजे विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्नुकमलराज भट्ट
काठमाडौं, २४ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा सोमबार दिउँसो १ बजे विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्नुहुने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसँगै केही मन्त्रीहरुले पनि सपथग्रहण गर्ने बताइएको छ । सत्ता साझेदार दलहरुमध्ये एमाओवादीबाट टोप बहादुर रायमाझीलाई उपप्रधानमन्त्री बनाउन छलफल भइरहेको एमाओवादी स्रोतले जनाएको छ । यसैगरी राप्रपा नेपाल अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने बताइएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले आफ्नो टिम बनाउने तयारी थाल्नुभएको हो ।
उहाँले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवाली वा स्थायी समिति सदस्य शंकर पोखरेलमध्ये एक जनालाई बनाउने सम्भावना छ ।
यसैगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार समेत रहनुभएका एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बाँस्कोटा, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष सम्भु श्रेष्ठ र प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार प्रमोद दाहाल चर्चामा हुनुहुन्छ । बास्कोटालाई अन्य राजनीतिक भूमिका दिएर दाहाललाई प्रेस सल्लाहकार बनाउने बलियो सम्भावना छ । यस्तै, विदेश सल्लाहकार र अन्य सल्लाहकारहरुको भने भोली छलफल हुने बताइएको छ ।
हुने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यस्तै, प्रधानमन्त्रीको सचिवालयमा इन्द्र भण्डारी, राजेश महर्जन र रमेश आचार्य रहने बताइएको छ । आफूसँगै प्रधानमन्त्री ओलीले सोमबार सत्ता साझेदार दलका तर्फबाट केही मन्त्रीलाई सपथ गराउनुहुने तयारी भइरहेको छ ।
0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !