नेपालीमुलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की दिए ।


       पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसका कार्यकर्ताले भारतको सिलिगडी, नक्सलबाडीमा बसोबास गर्दै आएका नेपालीमूलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।सिलगुडी महकुमा परिषद एवं स्थानीय पञ्चायतको चुनावलाई लिएर तृणमूलका कार्यकर्ताले नेपालीहरुलाई धम्काउने र पक्राउसम्म गर्ने कार्य गरिरहेको भाकपा मार्क्सवादीका नेताले बताएका छन् ।
कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले भने नेपालीहरुलाई धम्कीबाट नडराउन र मतदानमा भाग लिन आग्रह गरेका छन् ।
यतिबेला सिलिगुडीमा स्थानीय चुनाव भइरहेको छ । सो चुनावमा सत्तारुढ तृणमूल कांग्रेस र प्रतिपक्षी मारक्सवादी कम्युनिष्ट पार्टीवीच तीव्र प्रतिस्पर्धा छ ।
दार्जीलिङको दक्षिणी एवं तराई भेगमा पर्ने भारतको नक्सलवाडी र सिलगुडीमा नेपाली मूलका भारतीय नागरिकहरुको उल्लेख्य बसोबास छ । उनीहरु नेपाली भाषी भए पनि भारतीय नागरिक हुन् ।
नक्सलवाडीका नेपालीभाषीमाथि भएको धम्कीबारे दार्जिलिङबाट हिमालय दर्पणले यसरी लेखेको छ-
”सिलगुडी महकुमा चुनाव प्रचार अवधिमा तृणमूल कांग्रेस (टीएमसी) ले सिलगडी नक्सलवाडीमा बसोबास गर्ने नेपालीहरुलाई नेपाल जा भनेर धम्काएको आरोप माकपाले लगाएको छ । माकपा नेता केबी वातरले उक्त घटनाको घोरा निन्दा गर्दै दर्पणलाई आज बताएअनुसार चुनाव प्रचार अवधिमा हिजो राति १० बजेदेखि रातिको १ बजेसम्म टीएमसी समर्थकहरुले नक्सलबाडीका नेपालीहरु नेपाल जा भन्दै डराएर धम्काउने काम गरे । उनले भने, यसपालि चुनावमा हार निश्चित देखेर त्यहाँका नेपालीहरुलाई डराउने धम्काउने काम गर्दै आक्रमण गरिरहेको छ । पुलिस लगाएर मान्छे पक्रँदैछ । यस्तो अत्याचार बन्द गर्ने हामी माग गर्दछौं ।
सो क्षेत्रका नेपालीहरुलाई आतंकित नभइदिने अनि इच्छाअनुरुप मतदान गर्ने आह्वान गर्दै वातरले भने-नेपालीहरु नेपाल जा भन्ने टीएमसीको नाराले स्थिति बिग्रन सक्छ । यसैले त्यहाँका नेपालीहरुलाई धैर्य र शान्तिसित बसिदिने अपील छ ।
चुनावलाई मध्यनजर गर्दै टीएमसील गण्डागोल गरेको आरोप लगाउँदै यस्ता कार्यहरु बन्द गरिइनुपर्ने उनले माग गरे ।”
 साभार श्राेतः अनलाइन खबरबाट
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !