कबिता

"कस्ले बझ्ने नेेपालीको ब्यथा"

▬ टंकबहादुर झाँक्रीमगर (समीप बैरागी)
मिरुल ५, दाइपो ,रोल्पा.
हाल : साउदी अरेबिया

र्षा याममा
हुरी चल्दा बाछिता छिर्ने
खरले छाएको झुपडी फेर्न
नव सन्ततिहरुो सुन्दर
भबिस्य निर्माण गर्न
मुटु भरी दु:खको भारी बोकेर
सात समुन्द्र तर्ने
नेपालीको पीडा
कस्ले हेर्ने  हो यहाँ ?
ए...सरकार !

सत्य सत्य बताई देऊ
कस्ले हेर्ने हो यहाँ ?
आफ्नो देशमा
रोजगार खोज्दा खोज्दै
कहीँ कतै पनि
रोजगार नपाउँदा
युद्धमा पराजय भोगेको
सेना झै ठकित भएर
भोको पेटलाई पाल्न
अनि....
नाङ्गो शरिरलाई टाल्न
आफ्नो देश संग बिछोड भएर
बिदाईको हात हल्लाउँदै
आँसुको धारा बगाउँदै
खाडी मुलुकमा झर्ने
नेपालीको बेदना
कस्ले सुन्ने हो यहाँ ?
ए...सरकार !
सत्य सत्य बताई देऊ
कस्ले सुन्ने हो यहाँ ?
मरुभूमिको निर्जन बगरमा
अर्काको दबाब भित्र
पसिना बगाउँदा बगाउँदै
आफ्नो देश र घर परिवारको
यादमा टोलाउँदा टोलाउँदै
खजुरको रुख मुनि
र.. समुन्द्रको छालमा
सिकारीको गोली लागेर
गर्ल्याम्म ढलेको मृग झैँ ढल्ने
नेपालीको ब्यथा
कस्ले बुझ्ने हो यहाँ ?
ए...सरकार !
सत्य सत्य बताई देऊ
कस्ले बुझ्ने हो यहाँ ?
~~~~~~~~~~~~~~
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !