सम्मान तथा बिदाई कार्यक्रम सु सम्पन्न ।

साउदी अरब 2016/1/1
        सम्मान तथा बिदाई कार्यक्रम 
         विश्व नेपाली साहित्य महासघ शाखा साउदी अरबले नयाँ बर्षको अवसर पारेर सम्मान तथा बिदाई कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ  उक्त कार्यक्रमको सञ्चालन बाबुलाल  बुढाले गरेका थिए भने स्वागत  मन्तब्य केबि पौडेलले दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बिश्व 
नेपाली साहित्य महासघ शाखा साउदीका प्रतिनिधि सूर्य बिक्रम याख्खा, सभापति सस्थाका अध्यक्ष कृष्ण बहादुर सर्तुङे मगर, अतिथि क्रमश:-  निर बहादुर सुनार,कमल शाही निर्मल,सुनिल साह, सुबोध चौहान, बिमल बज्गाइ,भुपिन कटुवाल, माधव शिवा, बिवश थापा, बालकृष्ण पौडेल, मोहन खतिवडा, सन्तोष तामाङ र बिजय यादव रहेका थिए । नयाँ बर्षको शुभकामना दिदै कार्यक्रम सञ्चालनको सभापतिसग
 अनुमति लिएर राष्ट्रिय गान सगै क्रमश कार्यक्रम अघि बढाएका थिए । 
 बिश्व नेपाली साहित्य महासघ शाखा साउदी सन् २०१० मा स्थापना भएर सन् २०१५ सम्ममा आफ्नो रफ्तार अझ द्रुतगतिमा अघि बढेको  जानकारी गराउदै सस्थाका सचिव केबि पौडेलले आउदा भावी दिनमा अझ शसक्त बनाएर लैजाने र यस्तै सधै सबैको साथ सहयोग रहोस भन्ने शुभकामना समेत दिएका थिए। कार्यक्रममा पुर्व अध्यक्ष, केन्द्रीय  सल्लाहकार तथा सहयोगी साहित्यिक मनहरुको योगदानको कदर गर्दै सम्मान पत्र,प्रशँसा पत्र तथा प्रमाणपत्र समेत बितरण गरेको थियो।  सस्थाको सदस्य सङ्ख्या समेत बढाउदै आफ्नो क्षेत्रलाई अझ व्यापक  बनाउने धारणा समेत केबि पौडेलले राखेका थिए। सर्जकहरुको मिठा  मिठा लेख रचनाहरु सहित बालकृष्ण पौडेल,लछुमन परियार,बिमल       बज्गाई  बिबश थापा, सन्तोस तामाङ,मोहन खतिवडाले गित कबिता गजल मुक्तकसमेत वाचन गरेका थिए । प्रमुख अतिथि सुर्य बिक्रम याख्खाले सस्था सुन्दर निस्पक्ष र सहि दिशामा दौडिरहेको छ भन्दै प्रँशसा समेत गरेका थिए । प्रमुख अतिथिले अध्यक्ष कृष्ण बहादुर सर्तुङे मगरलाई आफ्नो कार्यकालमा छोटोे समयमा शसक्त र तिब्र रुपमा साहित्यको क्षेत्रलाई  विभिन्न कामहरु गरि अगाडी बढाएकोमा खुसि ब्यक्त गर्दै  बधाई तथा  शुभकामना दिदै भावि दिनहरुमा यसै गरी अघि बढ्न हौसला सहित सुझाव दिएका थिए । यसै गरि  दलित एकता सन्जाल महासचीव नीर बहादुर सुनार, नेपाली एकता समाजका अध्यक्ष सुनिल शाह ,ब्रदर हेल्प लाइन अफ नेपालका प्रतिनिधिहरु भुपिन कटुवाल, बिमल  बज्गाइ,







सुबोध चौहानले बधाई तथा शुभकामना दिएका थिए । खगेन्द्र अधिकारी अमृतले  बधाई तथा शुभकामना  सन्देश फेसबुक मार्फत गराएका थिए । कार्यक्रमका सभापतिले  जस्तोसुकै बाधा अवरोध आएपनि साहित्यलाई बिर्सन नसक्ने भन्दै  जसरी बिदेशी  भुमिमा बस्दा सस्थाको वृद्धि र बिकासमा अतुलनीय योगदान पुर्याएको छु त्यसै गरि स्वदेशमा गएर पनि निरन्तर रुपमा सस्थाको बिकासमा लागिरहने प्रतिबद्धता समेत जनाएका थिए । आफुलाइ यहाँ सम्म ल्याउन सहयोग गर्नुहुने सागर श्रेष्ठ ,खगेन्द्र अधिकारी अमृत ,सुर्य विक्रम याक्खा र कमल शाही उहाहरुलाइ धन्यवाद व्यक्त गर्दै अब यश संस्थाका सम्पुर्ण पदाधिकारीहरुलाई पनि आफूले भन्दा पनि अझै राम्रा काम गरि उपल्लो खुड्किला चढ्नु पर्ने र तन मन लगाएर अगाडी बढ्ने संदेश र शुभकामना पनि व्यक्त गरेका थिए ।  बिशेष गरेर कार्यक्रम आयोजनामा सहयोग गर्ने नेपाली एकता समाज, ब्रदर्स हेल्प लाइन अफ नेपाल र अलमनहाल वाटर कम्पनीले ठूलो सहयोग गरेकोमा हृदय देखी नै धन्यवाद तथा स्वागत गरी केन्द्रीय प्रतिनिधि तथा सल्लाहकार बिभिन्न सस्थाका पदाधिकारी समेत रहेको कार्यक्रममा आफ्नो कविता वाचन गर्दै,सभ्य र भब्य रुपमा कार्यक्रम भएकोमा खुसि ब्यक्त गर्दै सभापतिले सम्पूर्ण सहयोगी हात र मनहरुलाई धेरै धेरै धन्यवाद दिदै उक्त कार्यक्रमको समापन गरेका थिए ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !