साहित्य संगीतमा मेरो यात्रा !!! कृष्ण सर्तुङ्गे मगर

       जब मानिस धर्तीमा पैदा भए सकेपछि । गाँस ,बाँस र कपासको प्रमुख आवस्यकता भएता पनि  त्यसको साथसाथै उसको शरीरहरुमा रहेका अंग प्रत्यअंगहरुको संरक्षण र सुरक्षा गर्न त्यति नै आवश्यकता पर्छ  ।
यिनै कुरासँग त्यति नै सम्बन्ध गासिएको साहित्य संगीत पनि  प्रमुख म मानेकोछु ।
मानिस जस्तोसुकै होस धनी गरिब तर कुनै न कुनै समय  यसमा भावुक बनाउदो रहेछ ।
जब म आमाको कोख बाट जन्मिए र उहीँ आमाको स्याहारसुसार बाट बढे, पढे र आज म मेरो सुरक्षा र संरक्षणको लागी आफै गर्न सक्ने भए र बाध्यता पनि हो ।  यस्तै आमाबुबा दाइदिदी भाइ र गाउँ छिमेकी संग दु:ख सु:खका आफ्नो अरुको पिडालाई कुनै सिर्जनामा मन  भुलाउने गर्दथे । यसै क्रममा मेरो  उमेर  चढ्दै गयो । म वैदेशिक रोजगारीको सिलसिलामा साउदी प्रवेश गर्ने क्रममा रहे, जब पेलेन चढे तब गाउँ  परिवारमा दु:ख सु:खमा बिताएका ती दिन भन्दा दोब्बर  कुराहरू उब्जिन थालेयो मेरो मनमा यी भावनाले याकुल ब्याकुल भए, साउदी प्रवेश गरे केही दिन बित्दै गयो झन धेरै कुराले सताउन थालेयो । यस्तो भावना पोख्ने ठाँउ कहाँ भेटिएला भनेर भौतारिदै बस्ने क्रममा एक दिन अचानक सुर्य बिक्रम याख्खा संग भेट भयो र धेरै कुराहरु गर्ने मौका पाए , 2009 का विश्व नेपाली साहित्य महासंघ शाखा साउदीका उपाध्यक्ष पनि ,उहाँले मलाई यी कुरा सुनाउन साथ मेरो मन झनै हर्षका आँसु झर्न थालेयो । र यसै सस्थाको मिटिङ्गमा मलाइ पनि आउने अनुरोध गर्नु भयो । भन्छन् नि ढुङ्गा खोज्दा देउता मिले जस्तो, यता मेरो पिडाले मन याकुल ब्यकुल भएकोले म कहिले गएर त्यस समुहमा कति खेर मनको भावना पोखु भन्ने भैरहयो । र म त्यहाँ समेल भए र मज्जाले मेरो मनका दु:ख सु:खका बेदना " भावना " प्रकट गरे । र त्यस सस्थाको एउटा आजिवन सदस्य बन्न पाए र झनै खुसी भए यसैगरी मेरा भावना एक अर्का प्रती सता सात गर्दै गए मन हलुका हुँदै गयो । यो साउदी अरब कति ठुलो देश रहेछ । दिन बत्दै जाने क्रममा सुर्य याख्खाले जानकारी दिनु भयो यश सस्थाका प्रतिनिधित्व सागर श्रेष्ठ र अध्यक्ष खगेन्द्र अधिकारी "अमृत" को नाम लिदै यहाँ आउने कुरा  जनाउनु भयो । अझै म हर्षित भए उहाँ धेरै टाढा दमाम भन्ने ठाउमा बस्नुहुदो रहेछ । उहाँ आउने दिन गन्दै बस्न थाले ,प्रदेशको ठाँउन हो।जताततै मरुभूमि नै मरुभूमि उराठ लागी रहने । दिन बत्दै गयो उहाहरु आउनु भयो उहाहरुलाइ देख्ने बितिकै खुशीले गढगढ भए, र मेरा मनका भावनाहरु उहाहरु सामु व्यक्त गर्न थाले । साहित्य प्रती धेरै जानकारी गराउनु भयो र सस्था प्रती पनि उतिनै जानकारी गराउनु भयो । लामो समय सम्म यस साउदी अरबमा बसेर साहित्यलाई अंगालो हालेर  उहाहरुले धेरै कृतिका पुस्तकहरु प्रकाशित गर्नु भएछ । उहाँहरुको काम देखेर मलाइ अत्यन्तै खुसी लागेयो । र यसै सस्था प्रती रहेर उहाहरु संगै सहकार्य गर्ने मौका पाए ,र मैले पनि मेरो भावना पोख्ने कुनै मध्यमको सपना देख्न थाले , रोजगार गर्न प्रदेश पसेको म ,भने जस्तो समय पनि मिल्दैन थियो । १२ घन्टा डिउटी गर्नु पर्थेयो । तर पनि उहाँहरु जस्तै बन्न नसके पनि मेरो भावना सबैको सामु पोख्ने सपना थियो । १२ घन्टा काममा खतेर भए पनि साहित्य प्रती मेरो झुकाप नै रहि रहयो । विदेशको काहाली लाग्दो ठाउमा दुख सखमा साथ दिनु हुने सबिन सुबेदिको अजम्बरी माया त छदैछ । केही दिन पछि साउदी अरब बाट "मुग्लानी सौगात " पत्रीका सुर्य विक्रम याख्खा ,कमल शाही र मेरो भुमिकामा प्रकाशित गरियो । त्यहाँ आफ्नो भावना पोख्न पाए र सबैको मनमा सम्झनाको डायरीमा बस्न पाए , यसरी नै समय बित्दै गयो । कारण बहस खगेन्द्र अधिकारी र सागर श्रेष्ठ नेपाल रहनु भयो । उहाँहरुको साथमा रहेर धेरै कुराहरु सिक्ने मौका पाउँदा पाउदै उहाको साथ बाट टाढा हुन्  पुगे । विश्व नेपाली साहित्य महासंघ साउदी अरबका अध्यक्षको काम समाहाल्दै आउनु भएका खगेन्द्र अधिकारीको काम कमल शाही पछि 2014 मा  मलाइ सबैको सहमतिमा जिम्मेवारी दिइयो र सोही कदर गर्दै सबैको साथमा तीब्र रुपमा विभिन्न कार्यक्रमको साथ साथै पहिलो नामक "यात्रा मरुभूमिको पुस्तक" प्रकाशित भयो ।  यसमा मलाइ ठुलो योगदान दिने गोविन्द पौडेलको उतिनै थियो । तर आज थाहा पाए विदेशमा पनि साहित्यलाई माया गर्ने बरिस्ठ साहित्यकार म जस्तै साहित्यलाई माया गर्ने साहित्य प्रेमीहरु पाउँदा र संगै सहकार्य  गर्न पाउदा अत्यन्तै खुसीको सिमा नै रहेन ।!
   विश्व नेपाली साहित्य महासंघ साउदी अरब बाट  फेरि दोस्रो " यात्रा मरुभूमिको " पुस्तक प्रकाशित गर्दा अत्यन्तै खुसी भएको छु । सम्पुर्ण साहित्य लेखकहरुमा धन्यवाद आभार प्रकट गर्दछु । यसरी आज साहित्यकारको दुनियाँमा रमाउने मावाल पाएको छु ।
   भने अर्कोतिर संगीतले पनि उति नै भाबुक बनाइ रहेको छ । संगीतमा कसैको आवाज सुन्ने बितिकै कहिले मन रुवाउन्थेयो । त कहिले मनलाइ नचाउने गर्दथेयो । साहित्यमा कथा कविता गजल मुक्तक इत्यादीले मन बहकलाउने गर्दथेयो भने यस्तै दु:ख सुखका पिडाहरुलाइ संगितको धुनमा आफ्नो आवजलाइ गित मार्फत मनलाई पगाल्ने गर्दथेयो । मैले पनि सोच्ने गर्थे यसै गरि मेरो वेदना आवजमा व्यक्त गर्ने ठुलो सपना देख्न थाले विदेशमा भोगेका क्षेणहरुलाइ गितको आवाजमा पोख्नको लागी नेपाल पुगे, काठमाडौंमा धाए चुनाव र दशै तिहारको समय परेकोले सबै अफिसहरु बन्द रहेको थियो । ४२ दिनको छुट्टी लिएर नेपाल पुगेको म यस्तो अवस्थामा हुन पुगे । तर पनि चाहना पूरा गर्नु थियो । सपना साहकार पार्नु थियो । त्यहाँ सम्म पुग्न संगै पढेको रमेश परियारको साहारा त लिए । तर कति खर्च हुन्छ थाहा थिएन । बाँस यति मात्र थाहा थियो गीतमा आवाज दिने र चाहना पूरा गर्ने , त्यो समयको मावाल त्यस्तो भएको र सबै आफ्नो काममा ब्यस्त रहेकोले मैले निकाल्नै छ । भनेर लाग्ने लगानी भन्दा पनि दोब्बर रकम दिएर गीत रेकर्डिङ गरे,। 2013 मा बोल ओइलिएर झरी सकेर्‍यो फुल
चोखो मआया गरे कै थिए नि
बिर्सी गयौ के मा भयो भुल ,
लोकदोहोरी गित अहिलेको मावाल अडियो भन्दा भिडियो चलेको हुदा भिडियो पनि गरे , मेरो सपना थियो । यस्तै ब्यस्तता रहदा रहदै मलाई कम्पनीले दिएको  छुट्टी पनि सकिन लागेछ बाँकी ३ दिन मात्र रहेछ । त्यो दिन भित्र नपुगे भिसा क्यान्सिल हुने हुनाले म लाग्नै पर्ने थियो । नविदेशिए  स्वदेशमा जीविकोपार्जन गर्न मुस्किल पर्ने भएको हुनाले । मैले रमेश लाई जिम्मेवारी दिए उ ६ कक्षा देखी १० सम्म सँगै पढेकोले उसको पुर्ण विश्वास गरे र उसलाई बाँकी काम उसलाई जिम्मेवार दिए म विदेश प्रवेश गरे । दिन लम्किदै गयो हेर्दाहेर्दै २ साल पनि बितिसक्दा पनि रमेश बाबू परियारलाई दिएको  उसले गर्छु भनेको काम गरिदिन कति सम्मको पापी हुदा रहिछन भन्ने मान्छे लाग्दो रकम भन्दा पनि दब्बल दिए, तर थाहा पाए उसको नाट्क र छलबाजिले गर्दा लाग्ने लागत भन्दा पनि बढि रकम दिन पुगेछु ।तर पनि सम्पन्न हुन सकिरहेको छैन । उसले बिरामीको नाट्क गरेर पैसा मागे पनि मैले अन्यर्थ नमानी उसको लागि खर्च पठाइ दिन्थे । मेरो पनि परिवार थियो । किन कि ? यस्लाइ सफल पारी स्वदेशमै आफ्नो नाम,परिवार र नेपाली बुबाआमा,दाजुभाइ र दिदिबहिनीहरु सँग दुख सुखका पालहरु सँगै बाँध्ने ठुलो सपना थियो । जो उसले दिएको वचन र मैले सोचेको सपना पूरा गराउन सकिन रमेश परियारले हुन त म नै उल्लू जस्तो लाग्छ । कम्पनीले गरिदिन्छु भने ता पनि मैले रमेशको नै विश्वास गर्नु मेरो भुल हो । विदेशमा कुनै पैसा फल्ने रुख  हुदैन थियो त्यो रुख बनाउने स्वंम हामीले नै हो । हुन तर धेरैले भन्ने गर्नु हुन्थ्यो तपाईं छिट्टै विश्वास र भाबुकमा डुब्नु हुन्छ । भनेर । रमेश मात्र होईन रमेश जस्तै धेरै सँग यस्तै काम भैरहेको छ । तर पनि कुनै दिन दुख पछि सुख मिलन पछि विछोड अवस्य पनि फर्किने छ । तर सामना गर्नु पर्छ । मलाइ जतिसुकै ठगी गरे पनि सन्तुष्टि छु । सफल भए कै छु । हिजो अरुको आवाजमा रुने र नाच्ने म आज आफ्नै आवजमा अरुलाइ रुवाउने र हसाउन पुगे ।  त्यसैले साहित्य संगित पनि मानिसको अभिअंग अंग रहेछ। यसरी नै यसको संरक्षण र सुरक्षा सदैब गरि रहन्छु । लगम लगाइ दौउरानमा दौडिरहेको  छु ।

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !