हतियारसहित नेपाल छिरेका भरतका एसएसबीका १३ जना सशस्त्र प्रहरीलाइ छाेडिदियाे ।

http://media.indiatimes.in/media/content/2015/Apr/
मंसिर १३, २०७२- झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले  बिहान नियन्त्रणमा लिएको थियाे । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरुलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरुलाई प्रक्रिया पुर्‍याएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने शसस्त्र स्रोतले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरु तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो विराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् अनुसन्धान भइरहेको बताएका थिए । तर केहि समय पछि उनिहरूलाइ अनाधिकृत रुपमा नेपाल सिमा प्रवेश गरेपछि पक्राउ परेका भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जनाले गल्ती स्वीकार गरेपछि केही घन्टा नियन्त्रणमा राखेर छोडिएको छ। नियन्त्रणमा लिइएका जवानहरुले नेपाली सिमानामा प्रवेश गरेर भूल गरेको स्पष्टीकरण दिएपछि एसएसबीका फिल्ड इन्चार्जलाई बुझाइएको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !