समाजवादी पार्टीको बैठक दाङमा बस्दै

समाजवादी पार्टीको यही मंसिर २५ गते दाङमा हुने प्रदेश समितिको वैठकका एजेण्डा तय गर्न र हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गर्न वैठक बसेको छ । प्रदेश ५ का पार्टीका केन्द्रीय सदस्यहरुको वैठक बुटवलस्थित प्रदेश कार्यालयमा बसेको हो । प्रदेश ५ का इन्चार्ज दानबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकमा आगामी पुस र माघमा प्रशिक्षण,संगठन सुदृढिकरण कार्ययोजना लगायतका विषयमा छलफल गरी एजेण्डा तय गरिएको प्रदेशका प्रमुख सचिव यज्ञ पोखरेलले बताए ।
वैठकमा प्रदेश अध्यक्ष अशोकमार यादव, प्रदेश सहइन्चार्ज कमल खनाल, नवीन सुनुवार, केन्द्रीय सदस्यहरु चिनक कुर्मी, देबेन्द्र पाण्डे, रामु यादव, बोम दर्लामी, कमला विश्वकर्मा, मनिकर कार्की, सुनिता काफ्ले, पंकज राई, छन्द पन्थी,खिमबहादुर विक,मुन्नालाल गुप्ता,अब्दुल रहमान खान लगायतका नेताहरुले आआफ्ना धारणा राख्दै संगठनलाई गाउं टोलसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !