मेरो मोबाइलमा म्यासेज सुजन जस्तै बिदेशमा धेरै नेपाली अलपत्र , डा.बाबुराम भट्टराई

 जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेको विषयमा प्रधानमन्त्री ओलीले दिएको जवाफ गै,रजि,म्मेवार र अ,सं,वे,द,नशील भएको टिप्पणी गरेका छन् ।
मंगलबार साँझ आफ्नो फेसबुक वालमा भट्टराइले विदेशमा लाखौं नेपाली श्रमिक र आम नागरिकहरू अ,ल,पत्र परेको र कोरोनाका सबै शर्त मानेर देश फर्कन चाहेका खबर आइरहेपनि देशको तालाचाबी लिएर बस्नुभएका प्रधानमन्त्री ओलीले संसदमा शुरूमा २ घण्टा बोल्दा उनीहरूवारे एक शब्द पनि उच्चारण नगरेको भन्दै गुनासो गरेका छन् ।
  बर्षेनी नौ खर्ब रूपियाँ भित्र्याएर देशको अर्थतन्त्रलाई धान्दै आएका नागरिकवारे देशको कार्यकारी प्रमुखले यस्तो ओठे जबाफ दिन मिल्छ ?जतिसुकै ठूलो समस्या आएपनि त्यसको समाधान खोज्ने प्रमुख जिम्मा प्रम र सरकारको हैन ? भनेर प्रश्न गरेका छन् ।
उनले यस्तै गम्दै संसद भवन बाहिर निस्केर मोवाइल खोल्दा यस्तो मेसेज आइराखेको रहेछ भन्दै आफुलाई आएको म्यासेज पोष्ट गरेका छन् । “नमस्ते सर म सुजन थापा, मेरो घर गोर्खा जिल्ला हर्मी मल्लटार हाल म दुबैमा छु, म भिजिट भिसामा आएको लकडाउनले गर्दा नेपाल आउन सकेको छैन, मेरो भिसा पनि सकियो, यहाँ मलाइ खान बस्नलाई सारै समस्या भयो, नेपाल आउनलाई नेपाल सरकारले के कस्तो व्यवस्था गरेको छ र कहिलेबाट आउन सकिन्छ?” म्यासेज पोष्ट गर्दै भटराईले प्रधानमन्त्रीलाई ‘अब म के जवाफ दिऊँ, प्रधानमन्त्रीज्यू ?’ भनेर प्रश्न गरेका छन् ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !