देश टुक्रयाउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छ ।’मन्त्री लालबाबु पण्डित

काठमाडौं, साउन १३: कुमाल समुदायले बुधबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुमाल लाई बधाई तथा सम्मान गरेको छ ।
कुमाल समुदायको तर्फबाट इतिहासमै पहिलो पटक राज्यको उच्च तह मन्त्रिमण्डल पुग्न सफल भएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुमाललाई सम्मान गरेको हो ।
नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष नरेन्द्रमान मुखिया कुमालले मन्त्री पण्डितलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नागरिकता लिदैमा कुनै पनि व्यक्ति देशको नागरिक हुन नसक्ने र नागरिक हुनको लागि देश भक्त हुनु पर्ने  बताए ।
कुनै पनि नेता, कर्मचारीहरुमा देश भक्त छैन भने तिनीहरु नेपालका नागरिक होईनन् । भाषणकै क्रममा मन्त्री पण्डितले भने, ‘देश टुक्रयाउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छ ।’
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !