भाेली देखी देशभर हिन्दी च्यानल बन्द गर्ने ।


आश्विन ११, २०७२- केबल टेलिभिजन सञ्चालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएका छन् ।
भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन् ।
संघका अध्यक्ष सुशील पराजुलीले राष्ट्रिय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको जानकारी दिए । ‘हिन्दी च्यानल बन्द गर्न केही दल र जनदबाब पनि थियो,’ उनले ईकान्तिपुरसित भने, ‘मंगलबार बिहान १० बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा पुग्यौं ।’
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले टेलिभिजनमा हिन्दी च्यानल बन्द गर्न लिखित दबाब दिएको थियो ।
पराजुलीका अनुसार चितवन, पोखरा र महेन्द्रनगरमा यसअघि नै हिन्दी च्यानल बन्द भइसकेको छ ।


प्रकाशित: आश्विन ११, २०७२
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !