साउदीमा छठ पर्व मनाइदै ।

saudi chhath
शुद्धता र आपसी सद्भावको प्रतिक छठ पर्व स्वदेशमा समापन भएको भएपनि साउदी अरबमा रहेका प्रवासी नेपालीहरुमा भने यस पर्वको रौनकता शुरु भएको छ ।

छठ पर्वका दिन (हिजो) बिदा नमिलेका कारण छठ मान्न नपाएका प्रवासी नेपालीहरुले बिदाको दिन पारेर यही आउंदो शुक्रबार हर्षोउल्लासका साथ छठ पर्व मनाउने भएका हुन् ।
तराई मधेशको साझा साँस्कृतिक पर्वको रुपमा मनाईने छठ पर्व धुमधामका साथ मनाउनका लागि यहां रहेका मिठीलाबासीहरु छठ पूजाको बिशेष तयारीमा जुटेका छन् ।
मिथिलाबासीहरुको साझा सँस्था मिथिला एकता समाज साउदी अरेबियाको आयोजनामा रियादको एक्जीट एटीन सुलईमा धार्मिक बिधी बिधान सहीत छठ पूजा हुने भएको हो । प्रवासमै भएपनि आफ्नो मौलिक रितीरिवाज र धार्मिक सँस्कारलाई निरन्तरता दिने उद्धेश्यले छठ पूजाको तयारी गरिएको समाजका अध्यक्ष सुनिल प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
साउदी अरबको कानुनी ब्यबधानका कारण सार्वजनिक स्थानमा यस्ता खालका गतिबिधी गर्न नमिल्ने भएकाले स्वीमीङ् पूलमा (तलाउ) छठ पूजा गरिने गुप्ताले बताउनुभयो । छठ पूजाका लागि आवश्यक पर्ने सामाग्रीहरुको सँकलन लगायतका तयारी भईरहेको गुप्ताले जानकारी दिनुभयो । यही २० नोभेम्बर शुक्रबारका दिन हुने छठ पूजामा साउदीमा रहेका नेपाली समुदाय सहित दुतावास सम्बद्ध ब्यक्तित्वहरु, साउदीमा रहेका बिभिन्न संघसंस्थाका ब्यक्तित्व गरि झण्डै ४ सय जनाको सहभागिता रहने बताईएको छ ।
मिथिला समाजले चौथौं पटक आयोजना गर्न लागेको छठ पूजामा सहभागी भई हर्षोउल्लासका साथ यो पर्व मनाउन साउदी अरबमा रहेका सबै नेपाली समुदायलाई आग्रह समेत गरेको छ ।
साउदी अरबको ईस्लामिक कडा कानुनका कारण सार्बजनिक स्थानमा पूजापाठ गर्न यहाँ गैर कानुनी मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने कुनै पनि गतिबिधी गर्न बन्देज भएपनि यहांका नेपालीहरुले अनुकुतला मिलाएर आफ्ना धार्मिक र साँस्कृतिक पर्र्वहरु मनाउने गरेका छन् ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !