मधेस आन्दोलनमा भारतको हात छैन दमननाथ


मैत्री समाजले बुद्धिजिवी तथा अधिकारकर्मीहरुसँग गरेको अन्तरक्रियामा भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल, विश्लेषक सिके लाल, सुन्दरमणि दीक्षित लगायतले बोलेका थिए ।
‘यो आन्दोलनमा भारतको हात छैन । राज्यले आन्दोलनकारीमाथि बल प्रयोग गरेको छ । मधेसले मागेको स्वायत्ततता हो, त्यो दिनुपर्छ,’ ढुंगानाले भने ।

उनले सरकारले मधेशी र पहाडीबिच विभाजन खडा गरेको अरोप लगाए । ‘यो नेपालको कुटनीतिक असफलता भएको हो । १२ बुँदे सम्झौता भारतले गराइदिएको हो । अहिले पनि भारतले मध्यस्थकर्ता गर्नु पर्छ,’ उनले भने । उनले यसअघि पनि नेपालका राजनीतिक घटनामा भारतले मध्यस्थकर्ताको भूमिका खेलेको उदाहरण पनि दिए ।
भारतका लागि नेपालका पूर्व राजदुत बरालले नाका खुलाएर मात्र अहिलेको समस्या समाधान नहुने बताए । उनले भने, ‘पहिले मधेसको समस्या समाधान गर्नु पर्‍यो ।’ उनले भारतसँग आत्मविश्वासका साथ वार्ता गर्नु पर्ने उल्लेख गर्दै भने, ‘राष्ट्रियताको उग्र कुरा नगरे पनि राष्ट्रियता बलियो हुन्छ ।’
घरको समस्या घरमै समाधान गर्नु पर्ने भन्दै बरालले भने, ‘संघीयतालाई नकारात्मक रुपमा लिनु हुँदैन । संघीयता दिँदैमा देश टुक्रदैन ।’ उनले नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गरेर पनि केही उपलब्धि नहुने बताए । ‘गिरिजाप्रसाद कोइरालाले भुटानी शरणार्थी समस्या अन्तर्राष्ट्रियकरण गरेका थिए, के उपलब्धि भयो ?’ उनले भने ।

विश्लेषक सीके लालले नेपालको सरकार जातीवादी र नस्लवादी भएको बताए । उनले भने, ‘यहाँको व्यवस्था, सरकार, मिडिया सधै रेसिस्ट छन् । पहाडी समुदायको कुरा मात्र सुनेको देखिन्छ,’ उनले भने । ‘सुगौली सन्धीको २ सय वर्षपछि पहिलोपटक मधेस एउटा फ्याक्टरको रूपमा उदाएको छ,’ उनले भने ।

सुन्दरमणि दीक्षितले अहिलेको समस्या आन्तरिक भएको उल्लेख गर्दै भारतलाई बीचमा ल्याउन नहुने बताए । उनले भने, ‘संविधानमा सबैलाई समेटिएको छैन । यहाँ थारु र मधेशीलाई गोली ठोकिएको छ ।’ अहिले आएर संघीयता चाहिँदैन भन्नेसम्मका कुरा उठेकामा उनले असन्तुष्टि जनाए । उनले नेपाल र भारतको सम्बन्ध बिग्रिए विपद आउने बताए ।
‘भारतले पाकिस्तान र बंगलादेशको बोर्डर सिल गरेको छ, नेपालसँग गर्न उसलाई केही गाह्रो छैन । अब हामीले मुलुक बचाउने हो । मधेशले जे मागेको छ, दिन पछि पर्न हुन्न,’ उनले भने । भारतले नाकाबन्दी नलगाएको दावी गर्दै उनले भने, ‘मैले यस्तो बोल्दा मलाई भारतपरस्तको आरोप लगाइनेछ तर म सत्य बोल्छु ।’
कार्यक्रममा भारतीय राजदूत रन्जित रेले भारतले नेपालको संविधानको विरोध नगरेको र नाकाबन्दी नलगाएको कुरा दोहोर्‍याए । ‘हामीले संविधानको प्रक्रिया पूरा नभएको भनेका होइनौं, सबैलाई समेट्नु राम्रो हुन्छ भनेका हौं,’ रेले भने । ‘यहाँ धेरै समुदायका आकांक्षाहरु छन्, तिनलाई पनि समेट्नुस् भन्ने सुझाव हामीले दिँदै आएका छौं,’ उनले भने, ‘सञ्चारमाध्यमहरुमा भारतले यो चाहन्छ, त्यो चाहन्छ भन्ने समाचार आउँछन्, ती सब बेकार कुरा हुन्, हामी नेपालमा शान्ति र स्थायीत्व चाहन्छौं ।’
तराई–मधेशमा ठूलो आन्दोलन भइरहेको उल्लेख गर्दै उनले भने, ‘समस्या समाधानका लागि नेताहरुले संविधान संसोधन गर्न सकिन्छ भनेका छन् । यो समस्या छटो समाधान हुनु पछ, जति समय लम्बिदै गयो उत्ति नै खतरा बढ्दै जान्छ र सम्झौता गर्न गाह्रो पनि हुन्छ ।’
अन्तरक्रियामा कांग्रेस सांसद् सुरेन्द्र चौधरी, पूर्वसचिव प्रवीण मिश्र, केयुका पूर्व उपकुलपति सुरेशराज शर्मालगायतले पनि बोलेका थिए । पूर्व राजदूत बलबहादुर कुँवरले भूपरिवेष्ठित राष्ट्रले पाउनु पर्ने पारवाहन सुविधाबाट नेपाललाई बञ्चित गर्न नहुने बताए ।

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !