बिशिस्टलाई दिने उपचार खर्च रोक्छु ।

काठमाडौं, १४ भदौ । नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट अधिकारी एवं शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा गरेका छन् ।

आफ्नो राजनीतिक करियरमा पहिलोपटक मन्त्री बनेका कांग्रेस केन्द्रीय सदस्य थापाले एक अन्तर्वार्तामा विदेशमा उपचार गराउँदै आएका प्रमुख दलका शीर्ष नेताहरु आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टक्कर दिँदै राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने निर्णयमा पुगेका हुन् ।

अहिले राज्यको ढुकुटीबाट उपचार खर्च लिएर कांग्रेस सभापति देउवा उपचार गर्न सिंगापुर गएका छन् भने एमाले अध्यक्ष ओली थाइल्याण्डको बैंकक गएका छन् । यसैबीचमा क्यान्सर रोग लागेको भन्दै पूर्व राष्ट्रपति रामवरण यादव पनि राज्यको ढुकुटीबाट उपचार खर्च लिएर अमेरिका जाँदैछन् । उनलाई सरकारले उपचार खर्चवाफत १० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । उनले उपचार खर्चमा ५० लाख मागेका छन् ।

यस्तो अवस्थामा स्वास्थ्य मन्त्री बनेका थापाले राज्यको ढुकुटी रित्याएर उपचार गर्न विदेश जाने नेता, भीआईपीलाई दिइने उपचार खर्च रोक्न गृहकार्य थालेका छन् ।

उनले आफूलाई जति नै ठूलो रोग लागेपनि राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ उपचार खर्च नलिने घोषणा पनि गरे । कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा भएको भन्दै उनले तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्ने बताए ।

नेपालकै अस्पतालमा राम्रो उपचार हुनसक्ने तर्क गर्दै उनले आफू विरामी हुँदा स्वदेशमै उपचार गर्ने बताए ।

मन्त्री थापाले आफू मन्त्री पदमा रहँदासम्म देखावटी काममा भन्दा पनि नीतिगत सुधारमा बढी काम गर्ने बताए । उनले भने- ‘एक हप्ताभित्र मन्त्रालयको गतिविधिबारे कर्मचारी साथीहरुबाट जानकारी लिन्छु । त्यसपछि सुधारका काम रफ्तारमा थाल्छु, ।

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !