सम्मान कार्यक्रम

विश्व नेपाली साहित्य महासंघले काठमाण्डौ सम्मेलनबाट पारित गरेको दोस्रो विश्व कविता प्रतियोगिता २०१५को दोस्रो हुने नेपालबाट शंकर निरौलालाई एक समारोहको विच सम्मान गरेको छ ।

विश्व नेपाली साहित्य महासंघ केनद्रको आयोजनामा केन्द्रीय उपध्याक्ष सागर श्रेष्ठको सभापतित्वमा राष्ट्रिय अनलाईन पत्रकार संघको केन्द्रीय अध्यक्ष मुकुन्द कुमार ढुङ्गानाको प्रमुख आतिथ्य साथै केन्द्रको महासचिव डा. लेखनाथ काफ्लेको विशेष आतिथ्यता नेपाल च्याप्टरका अध्यक्ष रमेश कंडेल, साउदी अरेवियाको भूतपूर्व अध्यक्ष कृष्ण बहादुर सतुङ्गे, विनेसामको सदस्य तथा द गोर्खाज साप्ताहिकका कार्यकारी सम्पादक देबेन्द्र खापुङ्ग लिम्बु, न्यूज अभियान डट कम्का डिजिटल सम्पादक उद्धव तामाङ्ग, सम्मानित व्यक्ति शंकर निरौला लगायत अन्य साहित्यप्रेमी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेशनल भिजन मिडिया ग्रुमद्धारा सञ्चालित न्यूज अभियान डटकम्को सभाहलमा सम्पनन भएको थियो । नगद रु १० हजार सहत प्रमाण पत्रद्धारा सम्मानीत व्यक्ति शंकर निरौलाले उक्त पुरस्कार वितरणको समयमा आफु बाहिर भएकोले उपस्थित हुन नसकेको अहिले आयर सम्मानको साथ नगद सहित प्रमाण पत्र प्रद्धान गरेकोमा खुसि व्यक्त गर्नु भयो साथै छिटै विनेसामको सदस्यता ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथि मुकुन्द कुमार ढुङ्गानाले विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संम्रक्षण र विकासको लागि विनेसाम लागिपरेकोमा प्रशंसा गर्दै आफु पनि छिटै विनेसामको सदस्यता लिने विचार व्यक्त गर्दै सम्मानीत व्यक्तिलाई बधाई दिनु भयो । कार्यक्रमको अन्तमा चियापानको समेत आयोजना गरिएको थियो

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !