२५ गते दिपज्वलन नै किन ? जनताहरुमा हुने भोकमरी र चिन्ता मुक्त गरे पुग्छ ।कृष्ण सर्तुङ्गे मगर

                            भारत सरकारले साँझ १ घण्टा दि
पज्वलन गरि कोरोना रोकथाम गर्न सम्पुर्ण जनतालाई आदेश गर्दा, भारतको सिको गर्दै, नेपाल सरकारले पनि बिहान राष्ट्रिय गान गाएर कोरोना भाइरस रोक्न नेपाल जनताहरुलाइ आदेश गरेको थियो । सबै नेपालीहरुले तन मनको साथ राष्ट्रिय गान गाएका थिए तर भयो के ? भारतमा झन कोरोना भाइरस फैलियो मृत्युको संख्या बढिरहेको छ। नेपालमा भ्रष्टाचार र मानव अधिकार प्रती हनन हुँदै कुर्सी तनातान गरि नेताहरु आफ्नै स्वर्थमा लिप्त छन। फेरि २५ लकडाउन राखेको मिति सकिदैछ । तर नेपालमा कोरोना संक्रमित बढिरहेको छ । तर फेरि २५ गते नेपाल सरकारले दिपज्वालन गर्न आदेश गरेको छ । तर यो जनतालाई दुख पिडा साथै भोकमरि ल्याउने काम मात्र देखिन्छ । किन दिपज्वालन अहिलेको सरकारमा हुकुम जनाउनेहरुलाइ देशको र जनताको हितको लागी  रक्षा गर्न जनप्रतिनिधि जिताएर पठाएको हो । तर अहिले भ्रष्टाचार लुटपाट मानव तस्करी गरिब दुखी माथी नुन चुक लगाउने काम गरेको छ । अब यो सरकार प्रती दिपज्वालन गरेर भलो र
 कामना गरेर फेरि भोकमरि तनसाही खेप्न चादैन्न । लकडाउनको बेला काठमाडौमा अहिलेको सरकारका कार्यकर्ताहरुले नाराबाजी गरे सडकमा तर उनिहरुलाइ खै लडाउनको पालना छैन । अखिर यहाँ सोझा जनताहरु प्रती मात्र रहेछ । लकडाउन क्वरेन्टाइम नेताहरु र र कार्यकर्तालाई होइन रहिछ । सक्छौ भने  कानुन धनी गरिब सबै लाई लाग्ने बनाउ भोको पेटमा रहेका लाई गाँस पुराउ आफ्नो जन्म भुमि थलोमा पुराउ , कोरोना भाइरस संक्रमित क्षेत्रमा पुगि चेक जाँच गरि औषधि खुवाउ बल्ल उनिहरुको आशीर्वादले अहिलेको सरकार र देश नेपालले उज्यालो मुहार फेर्न सक्छ ।मन भरी पाप बोकि नाना थरिका सोझा जनताहरुलाइ सस्ती दुख नदेउ , यसमा भलो हुन्छ ।दिपज्वलन गरेर कोरोना भाइरस भाग्दैन । 
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !