कोरोना भाइरस विशेष( गजल )कृष्ण बहादुर सर्तुङ्गे मगर

भ्रष्टाचार र लुट मच्चियो कोरोना भाइरसको नामले
गाँजा तस्करी छुट भयो नेता मन्त्री बोली दिने कामले
रोगले होइन भोकले गरिब मर्ने भए अब यहाँ
राहत बाँड्दा गुट भयो चुनावीमा पाउने यी दामले
भ्रष्टाचार र लुट मच्चियो कोरोना भाइरसको नामले
गाँजा तस्करी छुट भयो नेता मन्त्री बोली दिने कामले
निम्न वर्ग मजदुरले पाएका छैनन् यहाँ राहत
घरभित्र बस् उठ मात्र भयो बाहिर पुलिसको जामले
भ्रष्टाचार र लुट मच्चियो कोरोना भाइरसको नामले
गाँजा तस्करी छुट भयो नेता मन्त्री बोली दिने कामले
पैदल यात्रु दुःख यता बिरामीलाई मारि दिने
पुलिसको लठ्ठी बुट ख्वाइ मार्ने सरकारीको मामले
भ्रष्टाचार र लुट मच्चियो कोरोना भाइरसको नामले
गाँजा तस्करी छुट भयो नेता मन्त्री बोली दिने कामले
साबुन पानी हात धुने मुखमा सधै माक्स भयो
तीन मिटरको दुरि बसि एकजुट भयौ कोरोनाको मुक्ति पामले
भ्रष्टाचार र लुट मच्चियो कोरोना तिम्रो मानले
गाँजा तस्करी छुट भयो नेता मन्त्री बोली दिने कामले
             गुल्मी नेपाल 
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

1 comments:

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !