नयाँ २०७२ बर्षको आगमन सँगै पुरानो २०७१ वर्षको बिदाइ संग संगै बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबले यहि अप्रिल १३ तारिख साझ चियापान संगै समपुर्ण पदाधिकारी र अनलाइन मार्फट शुभकामना आदान प्रदान सहित वि,ने,सा,महासंघ शाखा साउदि अरब बाट प्रकासन हुनलागेको यात्रा मरूभुमिको नामक पत्रिका माथि बिशेष छलफल भएको थियो । यसै समितिका उपाध्यक्ष बाबुलाल बुढा , उपाध्यक्ष समीप बैरागी र महासचिब मिलन ओलि लगाएत १५ जनाको सामुहिक गजल संग्रह "सिमावारी सिमापारी"को परिचर्चा कार्यक्रम पनि समापन भएको छ । कार्यक्रमको सन्चालन सचिब के. बि. पौड्यालले गर्नु भएको थियो । भने नन्दराम खड्काको सभापतित्वमा र कृष्ण बहादुर सर्तुङ्गे मगरको प्रमुख अतिथित्वमा कार्यक्रम चलेको थियो । उहाँले "सिमावारी सिमापारी"को सामुहिक गजल संग्रहको बारेमा चर्चा एवं समीक्षा गर्नु भएको थियो । सिमावारी सिमापारीले नयाँ पाठ सिकाएको उहाँको भनाइ थियो । देश तथा बिदेशमा बसेर पनि एउटै पाना भित्र रहेर गरेको सामुहिक भावना एवं सहकार्य प्रती सबै गजलकारहरुलाइ नयाँ बर्षको मंगलमय शुभकामना साथै बधाइ तथा उत्तरोत्तर प्रगतिको कामना पनि ब्यक्त गर्नु भएको थियो । त्यसपछी समग्रमा १५ जना गजलकारहरुको तर्फबाट बाबुलाल बुढाले बोल्नु भएको थियो । सबैले फेसबुक सामाजिक सञ्जाल गलत सोच्छन तर हामी सामाजिक सञ्जाल मार्फत परिचय भएर यहि सन्जाल मार्फत सानो कार्यको थालनी बाट ऐतिहासिक बनेको जानकारी गर्नु भएको थियो । सञ्जालले हामी घरदेश र प्रदेशमा बस्ने सबैलाई एउटै मालामा उनेको छ । र यति मात्र नभएर सिमावारी सिमापारी ग्रुपबाट पहिलो चरणमा रु .८०,०००। रुपैयाँ बराबरको अक्षय कोष निर्माण भएको पनि बाबुलाल बुढाले जानकारी गर्नु भएको थियो । उहाँको भनाइमा थियो कि हामिलाइ सिमावारी सिमापारीले धेरै नजिक बनाएको छ ।यसलाइ हामी निरन्तर जिवित राख्ने छौ । यो ग्रुप बाट नेपालका र बाहिरका गतिविधीहरु क्षणभरमै प्राप्त हुने भएकोले हामिलाइ थप हौसला मिलेको छ । प्रबास त साहित्यको भण्डार रहेछ ।साहित्यका कलिला फुलहरु जति पनि फक्रीरहेकाछन हामिले टिप्न गाह्रो परि रहेको छ । अझ भनौ साउदी अरब जस्तो उराठलाग्दो मरुभूमि अनि कडा कानुन भएको देशमा निकै कठिन छ । तर त्यही कठिन परिस्थितिबाट नै सुनौलो साहित्यको जन्म हुन्छ । चाहे १२ घण्टा मेसिनको बिचबाट होस चाहे बन्द पर्खालको बिचबाट चाहे पिंजडाको बिचबाट होस त्यो सहित्य मीठो हुनेछ ।अन्त्यमा कार्यक्रम चर्चा परिचर्चा सहित विश्व नेपाली साहित्य महासंघ शाखा साउदि अरबका सद्स्य सोनाम पुन आफ्नो २ महिने छुट्टीको लागि नेपाल जाने भएकोले उहालाइ समेत बिदाइ गरिएको थियो ।र कार्यक्रम सभापतिबाट सौहादापुर्ण बाताबरणमा समापन भएको थियो ।।।
वि, ने, सा, महासंघ शाखा साउदी अरबका उपाध्यक्ष बाबुलाल बुढा मगरले जानकारी गराउनु भएको थियो ।
वि, ने, सा, महासंघ शाखा साउदी अरबका उपाध्यक्ष बाबुलाल बुढा मगरले जानकारी गराउनु भएको थियो ।
0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !