कास्कीमा गएकाे पहिरोमा परी मर्नेको संख्या २४ पुग्यो ।



      पोखरा, श्रावण १४ । कास्कीको भदौरे तामागी र लुम्लेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

बुधबार राति अविरल वर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १९ र भदौरे तामागीमा ५ गरी २४ जनाको मृत्यु भएको हो ।

लुम्लेमा पहिरोले १७ घर बगाउँदा लुम्ले–६ का अर्जुन गुरुङ, रत्ना पौडेल, बसन्त विक, चिजा विक, सम्झना विक, सविना विक,सुनिल विक, मञ्जु सुनार र उनकी ३ महिनाकी छोरीको मृत्यु भएको छ ।

यस्तै, सुमकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई, नाम नखुलेकी उनकी श्रीमतीका साथै खिमौरी विक र पद्मा देवकोटाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

यस्तै, भदौरेमा ८ घर बगाउँदा टिकाराम विक, रामकुमारी विक, नन्दकली पराजुली, गौरी पराजुली र करण पराजुलीको मृत्यु भएको छ ।

पहिरोमा परी लुम्लेमा ७ जना घाइते र १५ भन्दा बढी बेपत्ता भएको स्थानीयले जनाएका छन् । भदौरे तामागीमा पनि १३ जना घाइते भएका छन् भने ५ जना बेपत्ता छन् ।

लुम्लेको वडा नम्बर ४ र ६ मा बुधबार राति गएको पहिरोले २० हजार लिटरको पानी ट्यांकी बगाएको छ । घटनास्थलमा डोजर प्रयोग गरी सेना र प्रहरीले उद्धार गरिरहेका छन् । दुबैतर्फका घाइतेहरुलाई पोखरा ल्याइएको छ ।

भदौरे तामागीमा भने एक हजार मिटरभन्दा माथिबाट आएको पहिरोले भदौरेमा जाने तीनओटा पुलसमेत बगाएको छ भने पहिरो झरेर बस्ती नजिकै रहेको खहरे र हर्पन खोलासम्म पुगेको छ । खहरे र हर्पनखोला बढेर सुुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरो आएको स्थानीयले बताएका छन् ।

पहिरो बगेर फेवातालमा पुग्दा आसपासको अतिक्रमित क्षेत्रसमेत डुबानमा परेको छ । पहिरोले नौविसे, उपल्लाखेतलगायतका क्षेत्रका केही घरमासमेत क्षति पुर्‍याएको छ ।

प्रहरी र सेनाको टोलीले घटनास्थल पुगेर उद्धार गरिरहेका छन् ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !